कोशी प्रदेश नामाकरणविरुद्ध भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सहिद घोषणा – Deurali Khabar

काठमाडौं : कोशी प्रदेश नामाकरण विरुद्ध भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सरकारले सहिद घोषणा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई सहिद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले जानकारी दिए।

कोशी प्रदेश नामकरण विरुद्धमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बूको मृत्यु भएको  थियो । प्रदेश १ सरकारले कोशी प्रदेश नामाकरण गरेपछि पहिचान पक्षधर दल र विभिन्न जातीय संस्थाले विराटनगरमा आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP