बिहिबार , भाद्र १८, २०८३
बिक्री नभएर बारीमै कुहियो बन्दागोभी – Deurali Khabar

दाङ : तुलसीपुर उपमहानगरपालिका ११ मोतिपुरका राजेश डाँगीले व्यवासायिक कृषिकर्म गर्न लागेको १० वर्ष भयो। उनले विभिन्न किसिमको तरकारी खेती गर्दै आएका छन्।

यो वर्ष उनले करिब १७ कठ्ठामा बन्दागोभी खेती गरेका छन्। तर उनले उत्पादन गरेको बन्दागोभीले बजार नपाएर बारीमा कुहिएर जान थालेको छ। गाईबस्तुलाई खुवाउनुको विकल्प छैन।

‘गत वर्ष राम्रो बिक्री भएको थियो। त्यसैले यो वर्ष पनि लगाएँ’, उनल भने, ‘यसपटक एउटा पनि बिक्री भएको छैन।’ उनले भारतबाट आउने तरकारीका कारण आफू जस्ता किसानले उत्पादन गरेको तरकारीले मूल्य नपाएको बताए। ‘उताबाट आउने तरकारी रोक्न सके मात्र यहाँका किसानले बजार र भनेजस्तो मूल्य पाउँछन्। नत्र भने यस्तो अवस्था हुन्छ’, उनले भने।

उनले सरकारले वास्तविकभन्दा नक्कली किसानलाई अनुदान दिँदा आफूहरू मारमा परिरहेको गरेको बताए। ‘आफ्नै ठाउँका केही गरौँ भन्दा राज्यले हेर्दैन। जसको पहुँच छ, उसैले नै सबै कुरा पाएको हुन्छ’, उनले भने, ‘हामी जस्ता किसानले केही पाउँदैनौँ। यही कारण पनि यो पेशाबाट विस्थापित हुनुपर्छ।’

उनका अनुसार अहिले बिक्री नभएर बारी मै कुहिएर जान लागेको बन्दगोभी पाँच रुपैयाँ किलोका दरले पनि जोड्दा करिब साढे २ लाख बराबरको नोक्सानी भएको छ। ‘५ रुपैयाँ किलोको दरले जोड्दा पनि साढे २ लाखको अनुमान गरेको छु’, उनले गुनासो गरे, ‘गत वर्षको जस्तो बिक्री भएको भए करिब ५ लाख आम्दानी हुन्थ्यो, होला।’

सोही ठाउँकी डम्बरकुमारी खत्रीले पनि १८ कठ्ठामा बन्दाखेती गरेको बताइन्। उनका अनुसार अहिलेसम्म एक केजी पनि बिक्री भएको छैन। खेती गर्दा करिब ७० हजार जति खर्च लागेको उनले सुनाइन्।

‘गत वर्ष घरमा गाडी आएर लैजाने गरेको थियो। तर, यस पटक हामीले तरकारी व्यापारीलाई भन्दा व्यापार नभएको भन्दै लगेका छैन’, उनले भनिन्,अब बिक्री त हुँदैन । गाईबस्तुलाई खुवाउनुको विकल्प छैन।’ उनले बाहिरबाट तरकारीहरू आउँदा आफूहरूले उत्पादन गरेको तरकारी बिक्री नभएको समेत बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP