सिंहदरबारका कर्मचारीमाथि सतर्कता केन्द्रको अनुगमन – Deurali Khabar

३२ जेठ, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार भित्रका कर्मचारीहरुको छड्के अनुगमन गरेको छ । कर्मचारीहरुले ‘हाजिर गरेर टाप कस्ने’ (हाटा) गरेको गुनासो बढेपछि सतर्कता केन्द्रले सिंहदरबार दक्षिण गेटमै बसेर अनुगमन गरेको हो ।

राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले कार्यालय समयमा कर्मचारीहरु नहुने गरेको गुनासो आएपछि अनुगमन गरेको बताए ।

अनुगमनमा खटाइएको टोलीले रिपोर्ट दिएपछि आवश्यक निर्णय लिने बताए । ‘कर्मचारीहरुले गलत नै गरेको पाइए सम्बन्धित मन्त्रालयमा हामीले लेखेर पठाउँछौं,’ शर्माले भने, ‘अनुगमनमा खटिएका साथीहरुले कस्तो रिपोर्ट ल्याउनुहुन्छ हेरौं न ।’ उनले कर्मचारीहरुमाथि बेला–बेला अनुगमन गर्ने गरेको भन्दै आजको पनि नियमित प्रक्रिया अनुसारकै भएको बताए ।

सतर्कता केन्द्रले सिंहदरबारबाट बाहिरिने कर्मचारीहरुको परिचय पत्र हेर्दै उनीहरुको नाम, कार्यालय, कर्मचारी संकेत नम्बर र बाहिर जानुको कारणसमेतको विवरण टिपोट गरेको छ ।

विवरणमा अधिकांश व्यक्तिगत कामका लागि सिंहदरबार भित्रबाट बाहिर निस्किएको देखिएको छ । सिंहदरबारबाट बाहिरिने कर्मचारीहरुले व्यक्तिगत काम, छलफल, तेल हाल्न, अस्पताल जान, चिठ्ठी पुर्याउन, खाना खान, संसद भवन जान लगायतका विवरण टिपाएका छन् ।

कर्मचारीहरु कार्यालय समय सुरु हुँदा हाजिर गर्ने, व्यक्तिगत कामका लागि दिनभर हराउने र बेलुका कार्यालय समय सकिने बेला फेरि हाजिर गरेर हिँड्ने गरेको गुनासो बढेपछि सतर्कता केन्द्रले आज बिहान १० बजेदेखि छड्के अनुगमन गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP