सातै प्रदेशका एमाले सांसदसँग छलफल गर्दै अध्यक्ष ओली – Deurali Khabar

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सातै प्रदेशका आफ्ना सांसदसँग छलफल गर्दैछन्।

विहान १० बजे जुमबाट सबै प्रदेशका सांसदसँग छलफल गर्न लागेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए। उनले प्रदेश सरकारले ल्याएको बजेट र एमालेको आगामी रणनीतिका बारेमा अध्यक्षले प्रदेश सांसदलाई ब्रिफिङ गर्नेछन्।

‘सबै प्रदेशमा आगमी आर्थिक वर्षको बजेट प्रस्तुत भएको छ। सबैभन्दा सानो आकारको बजेट सुदूरपश्चिम प्रदेशले (२९ अर्ब २६ करोड) र सबैभन्दा ठूलो आकारको बजेट बागमती प्रदेशले ९६२ अर्ब ७० करोड० प्रस्तुत गरेको छ। आ–आफ्ना प्रदेशका निवर्तमान सरकारको आर्थिक अनुशासनहीनताका कारण सिर्जित समस्या र राष्ट्रिय अर्थतन्त्रमा आएको संकटले अधिकांश प्रदेशहरु बजेटको आकार घटाउन बाध्य देखिए। नयाँ योजनामा जति बजेट छुट्याउन सकिन्थ्यो त्यो पनि हुन सकेन।’ उपमहासचिव रिमालले सामाजिक सञ्जालमा लेखेका छन्,‘उल्टै संसदीय क्षेत्र आधारित अप्रभावकारी कार्यक्रमतिर बजेट खन्याउन प्रदेश सरकार उद्दत देखियो। हङ् पार्लियामेन्टले सिर्जना गरेको एउटा अवस्था– ‘एपिज अल फर सर्भाइभल’ले पनि सायद यस्तो हुन गयो कि?’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP