स्याङ्जा परिवारले २०२३ छुसकमा आँधीखोला सांगीतिक सौगात-६ आयोजना गर्ने , – Deurali Khabar

स्याङ्जा परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन चाड २०२३ छुसकको अवसर पारेर “आँधीखोला सांगीतिक सौगात-६” आयोजना गर्ने भएको छ । आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्धेश्यका साथ आउँदो सेप्टेम्बर २९ तारिक (छुसकको दोश्रो दिन) मा सो कार्यक्रम गर्ने भएको हो ।

पछिल्लो पटक बसेको बृहत् बैठकले संस्थाका केन्द्रीय पूर्वाध्यक्ष तथा वर्तमान वरिष्ठ सल्लाहकार युवराज गुरुङ कार्यक्रम संयोजक रहने समिति गठन गरिएको छ । प्रारम्भिक चरणको बैठक सम्पन्नसँगै केही कलाकार आउने लगभग निश्चित भईसकेको र बाँकी प्रस्तावित कलाकारहरु भिषा लगायतको अन्य काम तीव्र गतिमा भईरहेको कार्यक्रम संयोजक गुरुङले जानकारी दिए ।

आधुनिक/पप, लोक तथा दोहोरी, नृत्य र हाँस्य विधाका सबै कलाकारहरु ल्याउने संस्थागत निर्णय भएको र केहि दिनमा टुङ्गो लागिसकेपछि सार्वजनिक गरिने संस्थाका केन्द्रीय अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक भक्त थापाले बताए । संस्थाका केन्द्रीय सचिव टोजिन्द्र गुरुङले थपे – “एउटा पूरा सांगीतिक प्याकेजबाट भरपूर मनोरञ्जन लिन सकिने यो बृहत् सांगीतिक कार्यक्रमका लागि हल, कलाकार र विविध व्यवस्थापनको बारे तयारी अझ तीव्र गरिरहेका छौं ।”

यस अघि पाँचौं संस्करणसम्म संस्थाले आँधीखोला सांगीतिक सौगात” आयोजना गरेर कार्यक्रम भव्यताका साथ सफल पार्दै आफ्नो गृहजिल्लामा शिक्षा, अन्य विविध क्षेत्र र स्वास्थ्य क्षेत्र अन्तर्गत दुईवटा एम्बुलेन्स भ्यान समेत सहयोग गरिसकेको छ । यसपटकको कार्यक्रम पनि भव्य र सभ्य रुपमा सफल पार्न कोरिया स्थित सम्पूर्ण संघसंस्था एवं नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्नुहुन आयोजक स्याङ्जा परिवारले हार्दिक अनुरोध गरेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP