आरजुले भनिन् : महामन्त्रीको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो भयो – Deurali Khabar

५ साउन, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो भएको टिप्पणी गरेकी छन् ।

केन्द्रीय समितिको चौथो दिनको बैठकमा पहिलो वक्ताका रुपमा बोलेकी सभापति शेरबहादुर देउवा पत्नी आरजुले भनिन्, ‘राजनीतिक दस्तावेज भन्दा पनि एनजीओको ‘विसलिष्ट’ जस्तो लाग्यो । धेरै कार्यक्रम भए, यिनीहरुको उपलब्धी के हो त ? क्लियर भएन ।’

दूरगामी प्रभाव पार्ने वा देशलाई हाँक्ने योजना महामन्त्रीको प्रतिवेदनमा नदेखेको उनले बताइन् । महामन्त्रीको प्रतिवेदन राजनीति दस्तावेज पनि हुन्छ होला भनि सोचेंको तर त्यस अनुसार नआएको उनको गुनासो छ ।

नेपाली कांग्रेस एजेण्डा सेट गर्ने पार्टी भएकोले त्यस अनुुसारको प्रतिवेदन आउनुपर्ने उनको धारणा थियो । ‘राजनीति कस्तो हुने, यहाँको अर्थतन्त्र कस्तो हुने? समाज कस्तो हुने भन्ने एजेण्डा सेटिङ जहिले पनि नेपाली कांग्रेसले गरेको छ,’ बैठकमा राणाले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP