सामाखुसीमा बाढीमा बेपत्ता भएका बालक अझै फेला परेनन् – Deurali Khabar

८ साउन, काठमाडौं । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालक अझै फेला परेका छैनन् ।

आइतबार विद्यालयबाट घर फर्किएपछि खेल्न निस्केका १३ वर्षीय साजन मगरलाई स्थानीय सानो खोल्सीले बगाएको थियो ।

महाराजगञ्ज प्रहरीले ती बालक सोमबार बिहान १० बजेसम्म पनि फेला नपरेको र खोजी कार्य जारी रहेको जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, विपद व्यवस्थापनको टोली खोजी कार्यमा खटिएका छन् ।

काठमाडौंमा आइतबार अत्यधिक वर्षा हुँदा साना खोला-खोल्सीमा बाढी आएको थियो । सामाखुसी, रानीबारी लगायतका क्षेत्रका घरमा बाढी पसेपछि जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP