देशभर लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघ्यो – Deurali Khabar

काठमाडौँ — लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघेको छ । पशुसेवा विभागको तथ्यांकअनुसार साउन १२ गतेसम्म देशभर ५० हजार ८२६ गाईगोरु, बाच्छाबाच्छी, राँगाभैंसी तथा पाडापाडी मरेका छन् । विभागका अनुसार देशभर कुल १० लाख ८८ हजार पशु संक्रमित भएकोमा ७ लाख ८९ हजार निको भएका छन् भने २ लाख ४८ हजार संक्रमित अवस्थामा छन् ।

कुल ३ लाख ५० हजार पशुमा लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको विभागले जनाएको छ । विभागका अनुसार हालसम्म कोशी प्रदेशमा ५ हजार ४२, मधेसमा १ हजार ७ सय, वाग्मतीमा ३ हजार ४७६, गण्डकीमा २ हजार २९५, लुम्बिनीमा ४ हजार, कर्णालीमा ८ हजार ७०३ र सुदूरपश्चिममा २५ हजार ६१० पशु मरेका छन् ।

नेपालमा पहिलो पटक २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकाका गाईगोरुमा रोग देखा परेको विभागले जनाएको छ । रोगबाट हाल कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका पहाडी क्षेत्रका पशु बढी प्रभावित भएका छन् । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने र र्‍याल सिँगान बग्नेजस्ता लक्षण देखा पर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP