क्विन्टल सुन तस्करी प्रकरण : ठमेलबाट बेल्जियन नागरिक दावा छिरिङ पक्राउ – Deurali Khabar

काठमाडौँ — राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा काठमाडौंको ठमेलस्थित भियाना होटलबाट शनिबार राति तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ । छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका पात्र हुन् ।

उनी यसअघि कल बाइपास गर्ने चिनियाँ गिरोहसँग पनि संलग्न थिए । स्रोतका अनुसार उनको नेपालका केही उच्च नेताहरुसँग राम्रो हिमचिम छ । पछिल्लो पटक सुन तस्करी गिरोहसँगसमेत छिरिङको सम्पर्क रहेको देखिएकोले पक्राउ गरिएको विभाग स्रोतले जनाएको छ ।

यसैबीच शनिबार राति टोखाको एक प्रिफ्याब हाउसमा छापा मारेर विभागले केही सामान बरामद गरेको छ । सुन पगालेर अरु नै वस्तुको स्वरुपमा भारत लैजान प्रयोग गरिएको हुन सक्ने टोखामा भएको छापाबाट खुलेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP