समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चा घोषणा गर्दै – Deurali Khabar

काठमाडौं । समाजवादी मोर्चाले आइतबार समाजवादी विद्यार्थी मोर्चा घोषणा गर्दैछ ।

संघीय संसद् भित्र रहेका तीन दल र संसदबाहिर रहेको एउटा दलसमेत आवद्ध रहेको समाजवादी मोर्चाले आफ्नो पहिलो शुभेच्छुक संगठनको रूपमा आइतबार समाजवादी विद्यार्थी मोर्चाको औपचारिक रूपमा घोषणा गर्न लागेको हुन् ।

उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द लगायतका नेताहरूले सम्बोधन गर्नुहुनेछ ।

च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणाका लागि बिहान साढे १० बजे कार्यक्रम तय भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP