बाल गृहबाट उद्धार गरिएका बालकहरूको परिवारमा पुनर्मिलन गराइँदै – Deurali Khabar

काठमाडौँ । स्वयम्भूस्थित स्नो मञ्जुश्री होस्टेलमा रहेका बालकहरूको परिवारमा पुनर्मिलन गराउन थालिएको छ । होस्टेलका सञ्चालक यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेपछि त्यहाँ रहेका बालकहरूको परिवारमा पुनर्मिलन गराउन लागिएको हो ।

होस्टेलमा रहेका ५५ जना बालिकाको उद्धार गरी अस्थायी संरक्षण केन्द्रमा राखिएको छ । उनीहरूलाई मनोविमर्श, स्वास्थ्योपचार तथा पारिवारिक पुनर्मिलन लगायतका कार्य भइरहेको राष्ट्रिय बाल अधिकार परिषद्ले जनाएको छ ।

पारिवारिक लेखाजोखाको आधारमा आवश्यकताको आधारमा पारिवारिक पुनर्मिलन लगायतको संरक्षण तथा व्यवस्थापन गरिने कार्यहरू भइरहेको परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बताए ।
त्यहाँ रहेका बालकहरूको काठमाडौँ महानगरपालिका वडा नम्बर १५ को रोहबरमा विद्यालय प्रशासनले पारिवारिक पुनर्मिलन गराउन लागेको हो ।

साउन १० र १२ गते उक्त होस्टेलबाट ५५ जना बालिकाहरूको उद्धार गरिएको थियो । होस्टेल सञ्चालक सोनाम घ्याम्पे घलेले बालिकाहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको खुलेपछि त्यहाँ छापा मारिएको थियो । छापा हान्ने क्रममा त्यहाँ रहेका सबै बालिकाहरूको उद्धार गरिएको हो । भने त्यहाँ रहेका बालकहरूको पारिवारिक पुनर्मिलन गराउन गराउन थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP