सुन तस्करी प्रकरणको छानबिन माग गर्दै अनेरास्ववियु कास्कीले निकाल्यो टर्चलाइट जुलुस – Deurali Khabar

पोखरा । नेकपा (एमाले)को भ्रातृ अनेरास्ववियु जिल्ला कमिटी कास्कीले सुन प्रकरणलाई टुंगोमा पुर्याउन माग गर्दै पोखरामा टर्चलाइट जुलुस निकालेको छ ।

अनेरास्ववियु जिल्ला कमिटी कास्कीले पृथ्वीनारायण क्याम्पसमा बिहिवार टर्चलाइट जुलुस निकालेको हो ।

सरकारले सुन तस्करी गर्नेलाई बाहिर खोज्दै हिँडेको भन्दै जनताको छारो हाल्ने काम गरेको अनेरास्ववियु कास्कीमा अध्यक्ष सन्तोष पोखरेलले बताए ।

‘सरकारले जनताको छारो हाल्ने काम गरेको छ । तर हामी चेतावनी दिन चाहन्छौ’, उनले भने, ‘बाहिर हैन, असली तस्करी सिंहदरबार भित्र छ । यदि गृहमन्त्री ज्युले अस्लि तस्करीलाई सिंहदरबार बाट समात्न सक्नु हुन्न भने राजिनामा दिएर आउनुस् ।’

अनेरास्ववियु कास्की सिंहदरबार भित्र छिरेर अपराधीलाई लत्याउँदै निकाल्न पछाडी नहट्ने अध्यक्ष पोखरेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP