सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी कानुन बन्‍दैन : कानुनमन्त्री गुरूङ – Deurali Khabar

२० साउन, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने बताएका छन् ।

नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको सूचना प्रविधि विधेयकमाथिको छलफल कार्यक्रममा मन्त्री गुरुङले  सञ्चार माध्यमलाई नभई सामाजिक सञ्जाललाई नियमिन गर्ने विषयमा छलफल भएको बताए ।

सूचना प्रविधि विधेयकबारे व्‍यापक छलफल भएको छ। तर, सञ्चार क्षेत्रलाई नियन्त्रण हुने गरी कानुन बन्‍दैन । यति बुझ्नुस्’ उनले भने ।

उनले अगाडि भने, ‘शीर्ष नेताको बैठकमा त्यो कुरा उठेकै हो । सोसल मिडियाले अति नै गर्न थाले, जे पायो त्यही गरेको छ । मलाई त सुनैसुन लाएर सुन बुढा बनाए भन्ने कुरा उठेको थियो । यो अवस्थालाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा भएको हो ।’

तर आमसञ्चार माध्यमलाई नियन्त्रण गर्नेगरी विधेयक बनाउनुपर्छ भन्ने कुरा नआएको पनि उनले जिकिर गरे ।  सञ्‍चार मन्त्रालयले सामाजिक सञ्जाल नियन्त्रणका लागि विधेयक मस्यौदा भएको आफूले सुने पनि त्यसबारे थप जानकारी नरहेको मन्त्री गुरुङले बताए ।

कार्यक्रममा सहभागी पत्रकारहरुले भने सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने ढंगले कानुन बनाउन नहुने धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP