बिहिबार , भाद्र १८, २०८३
चितवनको स्वास्थ्य कार्यालयले मनकामना अस्पतालसँग माग्यो सुत्केरी मृत्युको विवरण – Deurali Khabar

साउन, चितवन । चितवनको मनकामना अस्पताललाई स्वास्थ्य कार्यालय चितवनले पत्र काटेको छ ।

शनिबार गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु भएपछि कार्यालयले अस्पताललाई घटना विवरणबारे लेखी पठाउन पत्र पठाएको हो ।

कार्यालयका जनस्वास्थ्य नर्स नन्दकली चापागाईंका अनुसार बिरामी भर्ना भएदेखि मृत्युसम्मको घटना विवरण आजै पठाउन अस्पताललाई भनिएको छ ।

भरतपुर महानगरपालिका-२६ की ३५ वर्षीया नविना महतो थारूको शनिबार उपचारका क्रममा मृत्यु भएको थियो ।

उनको मृत्यु भएपछि परिवारले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका थिए ।

घटनापछि मृतकका आफन्त र अस्पताल प्रशासनबीच भएको वार्तापछि अस्पतालले रु २७ लाख ५० हजार क्षतिपूर्ति दिएको परिवारले जनाएको छ ।

सो अस्पताललाई गर्भपतन गराउने अनुमति नभएको भन्दै चौतर्फी आलोचनासमेत भएको छ ।

स्वास्थ्य कार्यालयमा गर्भपतन गराउन अनुमति लिएका अस्पतालको सूचीमा मनकामना अस्पताल पर्दैन । सो अस्पतालमा करिब चार महिनाको गर्भपतन गराउने क्रममा महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP