सीआईबीले अघि बढायो सुन तस्करी प्रकरणमा अनुसन्धान, एसपी थापा तोकिए अनुसन्धान अधिकृत – Deurali Khabar

२२ साउन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरु गरेको छ । यो प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकिएका सीआईबी स्रोतले जनाएको छ ।

त्रिभुवन विमानस्थल भन्सार  कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

 

सो प्रकरणमा राजस्व चुहावटमा २० दिनसम्म अनुसन्धान गरेको विभागले आइतबार सबै फाइल र पक्राउ परेका १८ जना प्रहरीलाई बुझाएको थियो । पहिले सुन तस्करी प्रकरणको प्राविधिक पाटोमा मात्र अनुसन्धान गरिरहेको सीआईबीले सोमबारदेखि भने औपचारिक रुपमा अनुसन्धान सुरु गरेको हो ।

यसअघि राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धानमा सहयोग गर्न प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई खटाएको थियो । अहिले पंगेनीलाई पनि सीआईबीको अनुसन्धानमा सहयोग गर्न खटाएको प्रधान कार्यालय स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP