एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक स्थगित – Deurali Khabar

२२ साउन, काठमाडौं । सुन तस्करीको बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले अवरोध गरेपछि आज पनि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

बैठक सुरु भए लगत्तै एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।

त्यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद दिलकुमारी रावल थापालाई बोल्न समय दिए । उनले आफूहरुले चाहेर नभइ बाध्यताले संसद अवरोध गर्नु परेको बताइन् ।

उनले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दावा छिरिङ शेर्पाको नागरिकता बारे पनि प्रश्न उठेको बताइन् ।

उनले भेपमा सुन तस्करीमा माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलको पनि संलग्नता रहेको प्रमाणसहितको प्रतिवेदन सीआईबीले तयार पारेको तर सरकारले उनीहरुलाई जोगाइरहेको आरोप लगाइन् ।

सरकारमा रहेका दलका मान्छे पनि तस्करीमा संलग्न रहेको आरोप लगाउँदै उनले सरकारले गर्ने छानबिनबाट सुन तस्करीको सत्यतथ्य आउन नसक्ने भएकाले विषेश छानबिन समिति गठन गर्नु पर्ने माग आफूहरुले राखेको बताइन् ।

उनले बोलेपछि पनि एमाले सांसदहरुले उठेर विरोध जारी राखेकाले अध्यक्षले बैठक साउन २४ गते बुधबार दिनको १:०१ बजेसम्मका लागि स्थगित गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP