नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा थप दुई चिकित्सक पक्राउ – Deurali Khabar

काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्रको प्रयोग गरेको आरोपमा थप दुई चिकित्सक पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरोले थप दुई चिकित्सक पक्राउ गरेको छ। सीआईबीका प्रवक्ता नवराज अधिकारीले काठमाडौंको  इशान अस्पताल धापासीका चिकित्सक डा‍. श्रद्धा सिल्पकार र मोरङका मनिष चौधरी  पक्राउ परेको जानकारी दिए। चौधरीले आफ्नै फार्मेसी सञ्चालन गरेका व्यक्ति हुन्।

उनले सिल्पकार र चौधरीलाई गएराति नै पक्राउ गरेको बताए। योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा पक्राउ पर्ने चिकित्सकको संख्या ७ पुगेको छ।

सीआईबीले चलाएको ‘अपरेसन चार्ली फक्सट्रोट’ अन्तर्गत कांग्रेसका सांसद डा सुनील शर्मा, डा रञ्जितकुमार यावद, डा अमृत चौधरी, डा रामबाबु यादव र डाक्टर एरिना यादवसहित ७ जना पक्राउ परेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP