मेयरमा पराजित अनिताले पाइन् संघीय सरकारमा ‘इन्ट्री’ – Deurali Khabar

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी भएको छ । जनमत पार्टीकी समानुपातिक सांसद अनितादेवी साह संघीय सरकारको मन्त्रीमा नियुक्त भएकी हुन् । उनी गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पराजित भएकी थिइन् ।

अनिताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

गत स्थानीय तहको निर्वाचनमा जनमत पार्टीबाट टिकट पाएर जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेकी उनले जम्मा १ हजार ४३७ मत प्राप्त गर्दै सातौँ स्थानमा सीमित भएकी थिइन् ।

संघीय संसद्मा अध्यक्ष राउतसहित जनमत पार्टीका ६ सांसद छन् । तर मेयरमा नराम्ररी पराजित भएर समानुपातिक कोटाबाट सांसद बनेकी अनितालाई नै पार्टीले किन सरकारमा पठायो भन्ने प्रस्ट भइसकेको छैन ।

गत स्थानीय तहको निर्वाचन अघि जनमत पार्टीमा प्रवेश गरेर सक्रिय राजनीतिमा लागेकी अनिता यसअघि गैरसरकारी संस्था र समाजसेवामा सक्रिय थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP