माइतीघरमा अनशनरत आरती साहका परिवारको माग सम्बोधन गर्न मानव अधिकार आयोगको आग्रह – Deurali Khabar

३० साउन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले माइतीघरमा अनशनरत धनुषाकी आरती साहका परिवारका सदस्य र आरती रावलको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले बुधबार एक विज्ञप्ति जारी गरी निरन्तर अनशनका कारण उनीहरुको स्वास्थ्यमा पर्न सक्ने जोखिमप्रति संवेदनशील हुँदै संवादको माध्यमबाट समस्या गर्न र माग सम्बोधन गरी अनसनरत व्यक्तिको मानव अधिकारको रक्षा गर्न आग्रह गरेको हो ।

आरती साहको मृत्युको घटनामा दोषीलाई कारबाही गर्नुपर्ने माग राखेर करिब दुई महिनादेखि साहका आफन्तहरु माइतीघरमा अनशनमा बसेका छन् । त्यस्तै बैवाहिक बलात्कारको आरोपमा दोषीलाई प्रभावकारी कारबाहीको माग गर्दै आरती रावल अनशनमा बसेकी छन् ।

‘वर्षातको समयमा निरन्तर अनशनमा बसेका कारण अनशनरत व्यक्तिहरूको स्वास्थ्य र दैनिक खानपानमा समेत समस्या भएको अनुगमनको क्रममा पाइएको छ’, आयोगका प्रवक्ता सहसचिव टीकाराम पोखरेलले भनेका छन् ।

अनशरत पक्षहरूको माग सम्बोधनका लागि हालसम्म सरकारका निकायबाट कुनै पनि पहल नभएको पीडितहरूको गुनासो रहेकोे पनि आयोगले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP