नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा एमाले-माओवादी प्यानलका धामी विजयी – Deurali Khabar

४ भदौ, बुटवल । बाँकेको नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा समावेशी प्यानलका टंकबहादुर धामी विजयी भएका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा निकट उद्योगी व्यवसायीको प्यानलबाट उम्मेदवार बनेका धामीले कांग्रेस, एकीकृत समाजवादीलगायत दल निकट प्यानलका ललित रौनियारलाई पराजित गरेका हुन् ।

धामीले दुई हजार ४५६ मत ल्याए भने रौनियारले एक हजार ५६६ मत प्राप्त गरे ।

अध्यक्षसहित अन्य अधिकांश पदमा समावेशी प्यानलकै उम्मेदवार निर्वाचित भएका छन् ।

उद्योग उपाध्यक्षमा समावेशी प्यानलकै चिरञ्जीवी वली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भीम रानाभाट, उपमहासचिवमा प्रजातान्त्रिक प्यानलका टेकबहादुर खड्का र कोषाध्यक्षमा प्यानलका मख्खन धामी निर्वाचित भए ।

सदस्य पदमा समावेशी प्यानलका सात र साझा प्रजातान्त्रिक समूहका तीन जना विजयी भएका छन् ।

१० जना सदस्यका लागि भएको प्रतिस्पर्धामा विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, शिवप्रसाद दाहाल, तोपबहादुर थापा, सुदन केसी, टिकामणि उपाध्याय, बुद्धिबहादुर विके, युवराज ढकाल र सन्तोषकुमार पौडेल विजयी भए ।

विजयी शिवप्रसाद दाहाल, युवराज ढकाल र सन्तोषकुमार पौडेल नेपाली कांग्रेस-एकीकृत समाजवादी गठबन्धन साझा प्रजातान्त्रिक समूहका उम्मेदवार हुन् ।

विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, तोपबहादुर थापा, सुदन केसी, टिकामणि उपाध्याय, बुद्धिबहादुर विके एमाले-माओवादी-राप्रपा गठबन्धनको समावेशी प्यानलका उम्मेदवार हुन् ।

एसोसिएटतर्फ कमल कार्की र प्रदीप गुप्ता विजयी भएका छन् । किशन गुरुङ्ग पनि सदस्यमा विजयी भएका छन् भने विनय श्रेष्ठ र हिमनाथ पौडेलले बराबरी मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP