सुझावका तीन प्रश्न लिएर अभियानमा होमिए मन्त्री किराती – Deurali Khabar

विराटनगर । ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ भन्ने नाराका साथ सुरु भएको नेकपा माओवादी केन्द्रको तीन महिने अभियानमा मोरङ, बेलबारी–३ को जिम्मा पाएका छन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ।

माओवादीका केन्द्रीय सदस्यसमेत रहेका उनी १५ गते नै बेलबारी आइपुगे । अन्य माओवादी नेताको भन्दा उनको अभियानको शैली भने फरक देखियो । अभियानमा उनी  जनताबाट सुझाव संकलन गर्न भन्दै तीन प्रश्न समेटिएको ‘सुझाव पत्र’ वितरण गर्छन् ।

विगतमा सरकारमा पु¥याउन भोट मागेको र जनताले भोट दिएका कारण सरकारमा पुगेको भन्दै मन्त्री किरातीले अब सरकारले गर्नुपर्ने काम पनि जनताकै सुझावका आधारमा हुनुपर्ने बताउँछन् । सुझाव पत्र बाँड्दै मन्त्री किरातीले भने, ‘चुनावको बेला हामीले तपाईहरुसँग भोट दिनुहोस्, सरकारमा पुगेर सेवा गर्छौं भनेका थियौँ । तपाईंहरुले भोट दिनु भयो, हामी सरकारमा पुगेका छौँ, मन्त्री भएका छौँ । अब तपाईहरुले लिखित रुपमा भन्नु प¥यो कि हामीले के गर्नु पर्छ ? सरकारले के गर्नु पर्छ ? हामी तपाईंहरुको सुझाव अनुसार नै काम गर्ने छौँ ।’ काठमाडौंबाटै सुझाव पत्रसहित कार्यक्षेत्र पुगेका उनले मुख्यगरी तीन विषयमा सुझाव संकलन गर्न खोजेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP