दावा छिरिङसँग निकट सम्बन्ध देखिएपछि छानबिनको दायरामा परे दिपेश पुन – Deurali Khabar

१९ भदौ, काठमाडौं । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग सम्बन्ध देखिएपछि दिपेश पुन छानबिनको दायरामा परेका छन् ।

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशको छिरिङसँग बाक्लो उठबस देखिएपछि उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान समेत लिएको छ । स्रोतका अनुसार, छिरिङसँग उनले केही कम्पनीमा साझेदारीसमेत गरेका छन् ।

सुनसँग जोडिनसक्ने केही कडी फेला परेकाले बयानका लागि बोलाएका हौं’, सीआईबी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘तर, तस्करीमा उनले आफ्नो संलग्नता इन्कार गरेका छन् ।’ दावासँगको चिनजान र सम्बन्धलाई भने उनले स्वीकार गरेका स्रोतले बताएको छ ।

उनी माओवादीको विद्यार्थी संगठन अरेरास्ववियु क्रान्तिकारीका महासचिव समेत हुन् ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, दिपेश चार वर्षअघि दावासहित अन्य चिनियाँ नागरिकहरुसँग हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएको समेत पाइएको छ ।

०७६ माघ १ गते दावाकी श्रीमती अमला रोका र तीन चिनियाँ नागरिकसँग दिपेश गोसाइकुण्ड गएका थिए।

२०७६ को पुसमा नेपालमा बसेर अपराध गरिरहेका चिनियाँ नागरिकमाथि सीआईबीले विशेष अपरेशन चलाएको थियो । त्यसबेला उपत्यकाका विभिन्न ठाउँमा छापा मारेर प्रहरीले १२२ चिनियाँ नागरिक पक्राउ गरेको थियो । नेपालस्थित चिनियाँ दूतावासले दिएको सूचनाका आधारमा चलाइएको अपरेशनमा पक्राउको सूचीमा रहेका केही शीर्ष तहका व्यक्तिहरु छुटेका थिए ।

स्रोतका अनुसार, दूतावासले त्यसबेला दावा छिरिङको नाम पनि पासपोर्ट नम्बरसहित पठाएको थियो । तर, तत्कालीन उपराष्ट्रपति पुन, तत्कालीन आईजीपी सर्वेन्द्र खनाल लगायतसँग सम्बन्ध भएका उनीसहित केही व्यक्तिहरु उम्किन सफल भएका थिए ।

काभ्रेबाट नेपाली नागरिकता समेत लिएका दावा छिरिङको माओवादीका अरु नेताहरुसँग सम्पर्क देखिएको छ । रोल्पाकी माओवादी नेतृ अमला रोकासँग विवाह गरेका कारण पनि माओवादी नेताहरुसँग उनको सहज आउजाउ भएको देखिएको छ ।

त्यो सम्बन्धलाई दुरुपयोग गरेर दावा अवैध गतिविधिमा संलग्न रहँदै आएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

६० किलो सुनसँग सम्बन्ध देखिएको भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले प्रहरी हिरासतमा छन् ।

३ साउनमा राजश्व अनुसन्धान विभागले सुन लुकाएर ल्याइएको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि यसको अनुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीले पाएको थियो । त्यसक्रममा यसमा संलग्न ६ विदेशी नागरिकसहित २५ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP