शुक्रबार , बैसाख २६, २०८२
रामेछापमा बस दुर्घटना, ७ जना घाइते – Deurali Khabar
Trend

काठमाडौं : रामेछापमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। बुधबार बिहान रजनटारबाट काठमाडौं जाँदै गरेको बा ३ ख ५९६० नम्बरको बस सुनापति गाउँपालिका-३ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रञ्जनकुमार गिरीले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।

उनका अनुसार दुर्घटनामा घाइतेमध्ये ३ जनालाई एम्बुलेन्स र ४ जनालाई सुमोमा काठमाडौंतर्फ उपचारका लागि पठाइएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।

बस आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP