बिहिबार , भाद्र १८, २०८३
एन्फाको नेतृत्व बर्खास्त सम्बन्धी निवेदन अनुशासन समितिमा पठाइयो – Deurali Khabar

२९ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष र महासचिव बर्खास्तीको मागसहित बहुमत सदस्यले विशेष साधारण सभा माग गर्दै दर्ता गरेको निवेदन छलफलका लागि एन्फा अनुशासन समितिमा पठाइएको छ ।

एन्फा पूर्व अध्यक्ष कमी छिरिङ शेर्पाको नेतृत्वमा एन्फाका ४९ सदस्य संस्था (क्लव/जिल्ला)ले वर्तमान नेतृत्वले काम गर्न नसकेको र फुटबलको भविष्य झन धरासयी हुने भन्दै अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्नु पर्ने  माग गर्दै विशेष साधारण सभा बोलाउन निवेदन पेस गरेका थिए ।

भदौ २५ गते दर्ता नम्बर २२२ रहेको उक्त निवेदन एन्फासा प्राप्त भएको र विशेष साधारण सभा सम्बन्धमा निवेदन उपर छलफल गर्न तथा प्रक्रियालाई अगाडि बढाउन उक्त निवेदनलाई एन्फा अनुशासन समितिमा पठाएको व्यहोरासहित महासचिव किरण राईले निवेदनकर्ताहरुलाई शुक्रबार जानकारीसहितको पत्र पठाएका छन् ।

निवेदनका हस्ताक्षर गर्ने केही सदस्य संस्थाहरुले विशेष साधारण सभा मागको सम्बन्धमा हस्ताक्षर गरेको तर बर्खास्तीको विषयमा हस्ताक्षर नगरेको भन्दै एन्फामै निवेदन दइएकोले त्यस विषयमा थप छलफल गर्न अनुशासन समितिमा पठाएको एन्फा प्रवक्ता सुरशे शाहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP