साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा लटरम्मै – Deurali Khabar

साउदी अरबको खजुर स्याङ्जामा फलेको छ। बालुवा तथा मरुभूमिमा उम्रने खजुर स्याङ्जाको गल्याङ् नगरपालिका- ११ जिमुवामा लटरम्मै फलेको छ। रोजगारका लागि साउदी पुगेका करिब ६० वर्षीय बाबुराम ढकालले घर आउँदा खजुरको बिउ लिएर आएका थिए। बालुवासहित मलमाटो मिलाएर बिउ जमाए। जमाएको बिउमध्ये दुईवटा बिउ बढेर उत्पादन दिने भए। गतवर्ष अलिअलि फलेको खजुर यसपटक लटरम्मै फलेको छ।

मरुभूमिभन्दा केही बाहिर खजुर फलेको देखेपछि आफ्नो जन्मभूमिमा पनि हुन्छ होला भन्ने लागेर केही खजुरका बीउ लिएर आएको उनले बताए। खजुरका लागि घाम पर्ने जग्गा चाहिन्छ। यसले ४०–४५ डिग्री तापक्रम पनि सहन सक्छ। विशेषगरी मरूभूमिमा उम्रिने भएकाले पानी चाहिँदैन। ढकालले पनि जिमुवामा खजुर लगाउँदा बालुवासहित मलमाटो मिलाएर रोपेको बताए।

‘रोपेको ७ वर्षमा फल दिएको छ। गतवर्ष अलिअलि फलेको थियो। अहिले भने असाध्यै राम्रो फलेको छ। अब खजुर खेती विस्तार गर्नेछु,’उनले भने। उनले आँप,लिचि,कटहरलगायत अन्न तथा तरकारी पनि उत्पादन गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP