बिहिबार , भाद्र १८, २०८३
लुम्बिनीको नीति तथा कार्यक्रम बहुमतले पारित – Deurali Khabar

२९ जेठ, बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम वहुमतले पारित भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले सरकारको तर्फबाट जेठ २५ गते प्रस्तुत नीति तथा कार्यक्रम दुई दिन छलफल भएपछि आइतबार पारित भएको हो ।

आइतबार प्रदेश सभा बैठकमा सभामुख पुर्णबहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेश सभाको बहुमतले ध्वनिमतका आधारमा पारित गरेको हो । ८० सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्ता पक्षमा ४३ र विपक्षमा ३७ सांसद छन् ।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै मुख्यमन्त्री कुलप्रसाद केसीले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक फरक भए पनि लुम्बिनीको विकासमा एकतावद्ध भएर अघि बढ्न आग्रह गरे ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले चुनावी सरकारले दीर्घकालीन महत्वका र पूरा हुन नसक्ने योजनाहरु ल्याएको भन्दै आलोचना गरेका थिए ।

उनीहरुले नीति तथा कार्यक्रम एमालेकैै सरकारको नक्कल गरिएको र कुनै नयां कार्यक्रम नभएको बताउंदै नीति अनुसार वजेट आउनेमा आशंका गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP