ग्याङस्टारले सलमान खानको हत्या योजना बनाएको खुलासा – Deurali Khabar

काठमाडौँ — बलिउडका अभिनेता सलमान खानलाई ग्याङस्टार लरेन्स विष्नोइले ज्यान मार्ने धम्की दिएको खुलासा भएको छ । प्रहरीको अनुसन्धानको क्रममा सौरभ महाकालले यसबारे खुलासा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

महाकाल र लरेन्सबीच निकट सम्धन्ध रहेको पनि बताइएको छ । यससँगै लरेन्सले सलमानको हत्याको लागि सम्पत नेहरा नामका एक सुटरलाई परिचालन गरेको समेत खुलासा भएको छ ।

भारतीय सञ्चारमाध्यमले स्रोतको हवाला दिँदै २०२१ मा लरेन्सले सलमानको हत्याका लागि सम्पत नेहरालाई सुपारी दिएको समेत उल्लेख गरेका छन् । हत्याका लागि उनी मुम्बइसम्म पुगेको बताइन्छ ।

मुम्बइको वासी क्षेत्रमा रहेका सम्पत सलमानको निवास रहेको ठाउँ ग्यालेक्सी अपार्टमेन्टको निगरानी गरेको पनि बताइएको छ । साथै उनले त्यस क्रममा मौका छोपी सलमानमाथि गोली चलाउने योजना बनाएको पनि बताइएको छ । दैनिक भास्करमा प्रकाशित समाचार अनुसार त्यसबेला उनको योजना सफल भएको थिएन ।

तर सम्पतले दोस्रो पटक पनि सलमानमाथि आक्रमणको योजना बनाएको बताइएको छ । यस पटक भने सम्पतले आफ्नो गाउँका सुरक्षाकर्मी मार्फत् राइफल समेत मगाएका थिए ।

सपछि भने सम्पत नेहरा पनि गिरफ्तारीमा परेका थिए । यस्तै फिल्म रेडीको सुटिङको क्रममा पनि लरेन्सले सलमान खानमाथि आक्रमणको योजना बनाएको दाबी गरिएको छ । जुन योजना पनि सफल हुन नसकेको भारतीय मिडियाले जनाएका छन् ।

सम्पत नेहरा ग्याङस्टार लरेन्स विश्नोइका निकट पात्र मानिन्छन् । उनी चण्डीगढ प्रहरीका रिटायर्ड प्रहरी अधिकृतका छोरा हुन् । सम्पत राष्ट्रिय स्तरका पूर्वखेलाडी समेत हुन्।

पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्याका संदिग्ध अभियुक्तहरूलाई दिल्ली प्रहरीले पक्राउ गरी अनुसन्धान गर्ने क्रममा यस्तो खुलासा बाहिरिएको हो । मुसेवाला अत्याका एक अभियुक्त लरेन्स विस्नोइ यतिबेला प्रहरी नियन्त्रमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP