माओवादीको केन्द्रीय समिति बैठक फेरि सर्ने – Deurali Khabar

८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको १५ असारलाई तोकिएको बैठक फेरि सर्ने भएको छ ।

असार १५ धान दिवस भएको र खेतपाती गर्ने मुख्य समयमा बैठक राख्न उपयुक्त नहुने भएकाले बैठक फेरि सर्ने माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले भने सार्नेबारे सल्लाह भइरहेको तर कुनै निर्णय नभएको बताए ।

यसअघि स्थानीय चुनवा सकिएलगत्तै २० जेठमा बैठक बस्ने भनिएको थियो तर माओवादीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले १० असारमा बजेट पेश गर्नु पर्ने भएकाले बैठक उचित नहुने भन्दै सारिएको थियो ।

गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अहिलेसम्म केन्द्रीय समितिलाई पूर्णता दिन सकेको छैन भने पदाधिकारी पनि चयन भएका छैनन् ।

त्यस्तै नेताहरुको कार्यविभाजन पनि हुन सकेको छैन । अमेरिकी सहयता परियोजना एमसीसीका कारण पार्टीभित्र देखिएको विवादमा चुनावपछि बहस गर्ने भन्दै स्थगित भएको थियो ।

त्यसबारे पनि केन्द्रीय समितिमा छलफल गर्ने माओवादीको तयारी थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP