पोखरा महानगरको बजेट साढे ८ अर्ब आसपासको आउने – Deurali Khabar

१० असार, पोखरा ।  पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब साढे ८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएको छ । महानगरले चालु आर्थिक वर्षभन्दा करिब २ अर्ब बढी रुपैयाँ बढी ल्याउन लागेको हो ।

अघिल्लो पटक महानगरले ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, यसपटक राजश्व तथा योजनामा हेरफेर हुने गरी बजेटको आकार बढाइएको स्रोतले जानकारी दिएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बेलुकी ५ बजे पोखरा सभागृहमा बजेट सार्वजनिक गर्ने कार्यक्रम तय छ ।

महानगरले बुधबार नै नीति तथा कार्यक्रम ल्याएको थियो । नीति कार्यक्रममा प्रत्येक आर्थिक वर्षको पहिलो ६ महिनाभित्र ३ हजारलाई रोजगार, ल्यान्डफिल साइट स्थानान्तरण, बसपार्क निर्माण, बिजलुी तार भूमिगत गर्ने लगायत मुख्य योजनाहरु थिए ।

महानगर स्रोतका अनुसार महानगरले यसपटक पूर्वाधार र पर्यटनलाई जोड दिएर बजेट ल्याउने भएको छ । ‘बजेटको आकार करिब साढे ८ अर्बको वरिपरि हुन्छ । त्यसमा पनि पूर्वाधार विकास र पर्यटनलाई नै फोकस गरेर आउँछ,’ महानगर स्रोतले भन्यो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP