एसिया कप खेल्ने नेपालको सपना अधुरै – Deurali Khabar

१० असार, काठमाडौं । एसीसी महिला टी २० च्याम्पियनसिप खेल्न मलेसिया पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको लक्ष्य थियो प्रतियोगिताको उपाधि जित्दै एसिया कपमा छनोट हुने ।

१० टोली सहभागि प्रतियोगितामा फाइनल पुग्ने दुई टिम टेष्ट राष्ट्रहरु सहभागी हुने एसिया कपमा छनोट हुने प्रावधान थियो । तर सेमिफाइनलबाट बाहिरिएपछि प्रतियोगिताको उपाधि जित्ने र एसिया कप खेल्ने नेपालको लक्ष्य पूरा हुन पाएन ।

यसअघि नेपालले २०१२ र २०१६ मा गरी दुई पटक टेष्ट राष्ट्रसहितको एसिया कप खेलिसकेको थियो । यस पटक भने टी २० च्याम्पियनसिप प्रतियोगिताबाट दुई टोली एसिया कपमा छनोट हुने व्यवस्था थियो ।

निर्णायक खेलमा प्रदर्शन भन्दा पनि वर्षा बाधक बन्दा नेपाल एसिया कपमा छनोट हुन सकेन । युएई विरुद्धको सेमिफाइनल खेल पूरा हुन नपाएपछि नेपाल अभागी बन्यो भने युएई भाग्यमानी ।

युएई समूह एमा चारै खेल जित्दै समूह विजेताको हैसियतमा सेमिफाइनल पुगेको थियो । समूहमा तीन खेलमा जित र एक खेलमा हारको नतिजासहित समूहमा दोस्रो भएर नेपाल सेमिफाइनल पुगेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP