बस र सिनेमाको टिकट जस्तो नागरिकता दिन हुँदैन : सांसद सुवाल – Deurali Khabar

२४ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले बस र सिनेमाको टिकट जस्तो नागरिकता बाँड्न नहुने बताएका छन् ।

नागरिकता विधेयक फिर्ता लिने सरकारको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भने, सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउनु पर्छ, यसको अर्थ बसको टिकट र सिनेमाको टिकट बाँडे जस्तो बाँड्ने हैन ।’

उनले नागरिकता समस्या समाधानका लागि भारतसँगको खुला सीमा बन्द गर्नु पर्ने बताए । सुवालले भने, ‘नेपाली सेनाले पनि सीमा बन्दको प्रस्ताव गरेको छ ।’

उनले सीमा बन्द गर्न ४७ अर्ब रुपैयाँ लाग्ने पनि बताए । ‘असार लागेपछि दिनमै २०–२२ अर्ब रुपैयाँ विकास खर्च भइरहेको छ, यो हिसाबले त दुई दिनको खर्चले त सीमाका काँडेतार लगाउन सकिने रहेछ नि ।’

आमा र बुबा दुवैको वंशजको नागरिकता भएकाले मात्र वंशजको नागरिकता पाउने व्यवस्था गर्नु पर्ने उनको माग छ । सांसद सुवालले वंशजको नागरिकता हुनेले मात्र निर्वाचनमा भाग लिन, सरकारी सेवा, राजनीतिक नियुक्तीे, व्यापार व्यवसाय गर्न पाउनु पर्ने माग गरे ।

उनले नेपालको भूराजनीति अवस्था अनुसार नेपालीले विदेशीसँग विवाह नगर्ने बन्दोबस्त गर्न प्रस्ताव गरे । नेपालीसँग विवाह गर्ने विदेशीलाई २० वर्षपछि मात्र परीक्षा दिएर अस्थायी नगारिकता दिने व्यवस्था गर्न उनको माग छ ।

सांसद सुवालले संघ र प्रदेशको नागरिकता बनाउन पनि प्रस्ताव गरेका छन् । अन्य लिंगको नागरिकता चिकित्सा विज्ञानले प्रमाणित गरेपछि मात्रै दिने व्यवस्था गर्न पनि उनले माग गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP