बुढीगंगाको ६ वडाको परिणाम घोषणा हुँदा ५ मा एमाले निर्वाचित – Deurali Khabar

२५ असार, डोटी । बाजुराको बुढीगंगा नगरपालिकाको बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । हालसम्म ६ वटा वडाको मतगणना भइसक्दा ५ वटा वडाको वडाध्यक्ष नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एउटा वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पछिल्लो परिणाम अनुसार वडा नं. ३ मा नेकपा एमालेका उम्मेदवार खडक बहादुर अधिकारी निर्वाचित भएका छन् । अधिकारीले ५२८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गोरख रौलेले २१९ मत ल्याएका हुन् । १ हजार ३ सय ४० मतदाता रहेको वडामा ७ मा ६७ सय मत खसेको थियो ।

वडा नं. ८ मा नेपाली कांग्रेसका उम्मेदवार रमेशबहादुर रावल निर्वाचित भएका छन् । रावलले ३५९ ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विराज रावलले ३०१ मत ल्याएका छन ।

वडा नंं. २ मा एमालेका उम्मेदवार पदमबहादुर भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ८३८ प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नरबहादुर थापाले २ सय ३५ मत प्राप्त गरे ।

वडा नंं. १० मा नेकपा एमालेका उम्मेदवार दल बहादुर साउद निर्वाचित भएका छन् । साउदले ५४८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बुढाले ४९१ मत प्राप्त गरे ।

बुढीगंगा नगरपालिकाको वडा नं. ९ को वडाध्यक्षमा पनि एमालेले नै जितेको छ । एमालेका उम्मेदवार मीनबहादुर सिंह ४९२ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् ।

यस्तै, वडा नं. १ को अध्यक्षमा एमालेका उम्मेदवार रणबहादुर थापा निर्वाचित भएका छन् । थापाले ४१६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार लोगबहादुर थापाले ३५० मत ल्याए ।

हालसम्म ६ वडाका ५ हजार ४२५ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । प्राप्त परिणाम अनुसार नगर प्रमुखमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ कांग्रेसका उम्मेदवार रंगबहादुर खाती भन्दा एक हजार ५६२ मतान्तरले अगाडि छन् । बानियाँले ३ हजार ३५१ मत प्राप्त गर्दा खातीले १ हजार ७८९ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार मायाकुमारी खड्का (कुँवर) को अग्रता कायमै छ । उनी प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार रीता शाही भन्दा १ हजार ३ सय ९६ मतले अगाडि छन् । खड्काले ३ हजार २५८ मत प्राप्त गरेकी छन् भने शाहीले १ हजार ८६२ मत ।

बुढीगंगा नगरपालिका १३ हजार ६५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १२८ मत खसेको छ । वैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।

अहिले वडा नं. ४ र ७ को गणना भईरहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP