४० लाख माथिका गाडीमा प्रतिबन्ध लगाउन सुझाव – Deurali Khabar

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति तयार गर्दैछ । मौद्रिक नीति तयारीको करिब अन्तिम चरणमा प्रवेश गरिसकेको बैंकले जनाएको छ । तर, यता सरोकारवाला पक्षहरू भने मौद्रिक नीतिलाई नै लिएर भयभीत हुन थालेका छन् ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति तयार गर्दैछ । मौद्रिक नीति तयारीको करिब अन्तिम चरणमा प्रवेश गरिसकेको बैंकले जनाएको छ । तर, यता सरोकारवाला पक्षहरू भने मौद्रिक नीतिलाई नै लिएर भयभीत हुन थालेका छन् ।

सांसद, गैरसांसददेखि उद्योगी व्यवसायी तथा लगानीकर्ताहरू राष्ट्र बैंकले कस्तो खालको मौद्रिक नीति ल्याउने हो र त्यसले मुलुकको आर्थिक स्थायित्व, समस्या निराकरण गर्ने हो की होइन भन्ने चिन्तामा छन् । भने यता धितोपत्र (सेयर) लगानीकर्ताहरू मौद्रिक नीतिले आफू अनुकूल नीति ल्याउने हो की होइन भन्ने चिन्तित देखिन्छन् ।

जे होस्, राष्ट्र बैंकले यसपटक कसैको स्वार्थभन्दा माथि उठेर मुलुकको आर्थिक स्थिति सुधार, अहिलेको माग र आवश्यकतालाई नै मध्यनजर गरेर मौद्रिक नीति ल्याउने बताएको छ । आइतबार मात्र उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघसँग मौद्रिक नीतिको विषयमा छलफल गर्न उपस्थित भएका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिलाई लिएर कोहीँ पनि चिन्तित र सशंकित नहुन आग्रह गरे ।

‘कसले के माग राख्यो र कसको के चाहना छ, त्यसमा राष्ट्र बैंकको भन्नु केही छैन । यो स्वाभाविक पनि हो । तर, यत्ति हो कसैले माग्दैमा र चाहँदैमा पाउँदैन’ अधिकारीले भने, ‘महाप्रसाद अधिकारीलाई लागेकाले पनि मौद्रिक नीति आउँदै । समयको माग अहिलेको आवश्यकता अनुसार नै मौद्रिक नीति आउँछ’ गभर्नर अधिकारीले भने ।

यसको मतलब अहिले राष्ट्र बैंक उद्योग व्यवसायी तथा विभिन्न स्वार्थ समूहको कुरा सुन्ने भन्दा पनि मुलुकको आवश्यकता के हो ? मौद्रिक नीतिले के कुरा, कुन पक्ष सम्बोधन गर्नुपर्छ ? त्यतातर्फ केन्द्रित भएको प्रस्ट पार्छ ।

खासगरी पछिल्लो समय बढ्दो आयातसँगै चुलिएको व्यापार घाटा, निरन्तरको घट्दो विदेशी मुद्राको चाप र मुलुक भित्रको तरलता व्यवस्थापनमा मौद्रिक नीति केन्द्रित हुनुपर्ने बाध्यता छ । सङ्ख्यात्मक रूपमा वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या दिनानुदिन बढिरहे पनि रेमिट्यान्समा खासै सुधार आउन नसक्नु अर्को चुनौतीको विषय छ । यसलाई समेत सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउने योजनामा राष्ट्र बैंक देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP