काठमाडौंमा चिनियाँले चलाएको कल सेन्टरमा प्रहरी छापा – Deurali Khabar

९ साउन, काठमाडौं । तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको एसएसपी भरत बोहोराले अनलाइनखबरलाई बताए ।

उनका अनुसार एक घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेका थिए । घरबाट ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरिएको बोहोराले बताए ।

उनीहरुले त्यहाँ बसेर साइबर अपराध गरेको आशंका छ । अहिले घटनास्थलमा मुचुल्का उठाउने काम भइरहेको बोहोराले बताए ।

आइतबार प्रहरीले बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा हानेको थियो ।

७ पुस २०७६ मा पनि प्रहरीले काठमाडौंका विभिन्न स्थानमा सर्च अपरेशन चलाएर १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई अध्यागमन विभागले डिपोर्ट गरेपछि लिन चीनले चार्टर्ड जहाज नै पठाएको थियो । यो अपरेशनलाई नेपाल र चीनका प्रहरीको हालसम्मकै सबैभन्दा ठूलो संयुक्त अपरेशन भनिने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP