फोहोरभित्रको गिरोहले नै फोहोर व्यवस्थापन हुन दिएन : मन्त्री श्रेष्ठ – Deurali Khabar

१४ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन् ।

शनिबार काठमाडौंको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रममा उनले भने, ‘फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ । सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौं । फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन ।’

अब स्थानीय तहले नै फोहोरमैलालाई स्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने मन्त्री श्रेष्ठले बताए । स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकारको सहयोग रहने पनि उनले बताए ।

मन्त्री श्रेष्ठले मठमन्दिरहरुमा सरसफाइ गर्न राष्ट्रिय अभियान सुरु गर्न लागेको पनि बताए । ‘हामी मठमन्दिरहरुमा सरसफाइ गर्न राष्ट्रिय अभियान सुरु गर्दैछौं । त्यहाँबाट नै चेतनाको अभियान सुरु हुनेछ । यी योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय गरेर कामहरु लैजान्छौ‌ं’ मन्त्री श्रेष्ठले भने ।

मन्त्री श्रेष्ठले प्रदेश र स्थानीय सरकार बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP