तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान हुन्न : प्रधानमन्त्री – Deurali Khabar

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् ।

शुक्रबार ६९औं वाणिज्य दिवसको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, ‘राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न जरुरी छ, तालाबन्दी र हट्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन ।’

उनले शंकरदेव क्याम्पसलाई समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएका छन् ।

क्याम्पसमा अध्ययनअध्यापनकै लागि ठाउँ अभाव भएको विषयमा मन्त्रिपरिषद्मा छलफल गर्ने र जग्गा उपलब्ध गराउने उनले बताए । उनले भनेका छन्, ‘समाज कल्याण परिषद्को जग्गा छ भन्ने सुनेको छ, मन्त्रिपरिषद्मा छलफल गरेर त्यो जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाउनु चाहन्छु ।’

कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले पनि शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताए । उनले भने, ‘विश्व विद्यालयमा ताला नलगाऔं, पठनपाठनको व्यवस्था सिर्जना गरौँ । समस्या छन्, त्यसलाई समाधान गरौं । विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP