शिक्षक सरुवाको विरोधमा विद्यार्थीले गरे रामग्राम नगरपालिका घेराउ – Deurali Khabar

परासी : शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले बुधबार नवलपरासीको रामग्राम नगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन् ।

सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित एकैपटक ३३ जना शिक्षककको सरुवा गरेपछि अहिले नगर क्षेत्रको शैक्षिक क्षेत्रमा हलचल मच्चिएको छ ।

देशभर राष्ट्रिय बाल दिवस मनाइरहेका बेला सदरमुकाम परासीको रामग्राम नगर क्षेत्रका विद्यार्थीहरु भने आन्दोलनमा उत्रिएका हुन् । बाल दिवसको अवसरमा नगरपालिकाको सभाहलमा चित्रकला प्रदर्शनी राखिएको थियो । तर विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि कार्यक्रम स्थगित भएको छ ।

आन्दोलनका कारण नगरपालिकाको काम ठप्प बनेको छ । विद्यार्थीहरुले नगरपालिकाको मुल गेटबाट भित्र प्रवेश गर्न थालेपछि केही समय प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो । सदरमुकाममा रहेको पवन माध्यामिक विद्यालयका विद्यार्थीहरुले प्रदर्शन गरेको आन्दोलनमा वरपरमा रहेका केही विद्यालयका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

पढाइ राम्रो गर्ने शिक्षकको सरुवा गरेका कारण आन्दोलन गरिएको विद्यार्थीहरुले बताएका छन् । सरुवा फिर्ता नभएसम्म आन्दोलन जारी रहने पवन माविका विद्यार्थीहरुले बताएका छन् । पवन माविबाट प्रधानाध्यापकसहित ६ शिक्षकको सरुवा गरिएको छ ।

नगर क्षेत्रमा ३२ वटा सामुदायिक विद्यालयमा छन् । ति विद्यालयमा कुल १ सय ४१ जना शिक्षकले अध्यापन गराउँदै आएका छन् । जसमा मावि तहका ८ जना, निमावी तहका २० जना र प्रावितहका ५ जनासहित ३३ जना शिक्षकको सरुवा भएको नगर शिक्षा शाखाका प्रमुख रुद्र प्रसाद रेग्मीले बताए । उनीहरुको नगर क्षेत्रकै विद्यालयहरुमा सरुवा भएको हो ।

सरुवा भएकामा शिक्षकहरु एकै विद्यालयमा ३ वर्षदेखि २८ वर्षमा कार्यरत रहेको रेग्मीले बताए । लामो समयसम्म एउटै विद्यालयमा बस्नु भन्दा अर्को विद्यालयमा जाँदा शैक्षिक सुधार हुने अपेक्षाले सरुवा गरिएको रेग्मीको भनाई छ ।

रामग्राम नगरपालिका मेयर धनपत यादवले नियमानुसार सरुवा गरिएकाले विद्यार्थीहरुको मागलाई कार्यपालिकाको बैठक बसेर टुंगाउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP