नेपालीमूलकी परिजिताले ‘द भ्वाइस’को कोचमा रोजिन् जोन लिजेन्डलाई – Deurali Khabar

काठमाडौं । अमेरिकी संस्करणको टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस’को ब्लाइन्ड अडिसनमा छनौट भएकी नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलाले कोचको रुपमा जोन लिजेन्डलाई छानेकी छन् ।

गतसाता १७ वर्षिया किशोरीले ब्लाइन्ड अडिसनमा प्रस्तुत गरेको गायकीलाई देखाइएपनि उनले कोचको रुपमा कसलाई छनौट गरिन् भन्ने कुरा चाहिँ गोप्य राखिएको थियो ।

तर, अपेक्षाअनुसार नै उनले जोन लिजेन्डलाई छानेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अडिसनको प्रस्तुतिकै बेला उनका बुवाले जोनलाई छान्न भन्दै हुटिङ गरेकाले स्वभाविकरुपमा परिजिताले पनि उनैलाई कोचको रुपमा लिने अपेक्षा थियो ।

उनको प्रस्तुतिमा द भ्वाइसका चारैजना कोचले घुर्सी घुमाएर उनको छनौटलाई अनुमोदन गरेका थिए । सुरुमा कोच जोन नै फर्किएका थिए । आफूलाई मनपर्ने गीत गाएको भन्दै आफू परिजिताको फ्यान समेत बनेको उनले बताएका थिए ।

परिजिताले तिमोथी ली म्याकेन्जीको गीत ‘जेलस’ गाएर जज तथा दर्शकलाई मन्त्रमुग्ध तुल्याएकी थिइन् । द भ्वाइसमा प्रस्तुति दिएसँगै नेपालमा समेत उनको चर्चा चुलिएको छ ।

मास्टरसेफ सन्तोष शाह शाहका सेलिव्रिटीहरु परिजितालाई जिताउन भन्दै अभियान समेत थालेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP