इन्भेष्टमेन्ट बैंकले ११ र मेगा बैंकले ७.८३ प्रतिशत लाभांश बाँड्ने – Deurali Khabar

३० कात्तिक, काठमाडौं । एक आफूमा गाभिने प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले लाभांश घोषणा गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समिति बैठकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश भएको हो ।

इन्भेष्टमेन्ट बैंकले शेयरधनीलाई हाल कायम चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँको ११ प्रतिशतले हुन आउने २ अर्ब १ करोड ३८ लाख २९ हजार ५४६ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी मेगा बैंकले शेयरधनीलाई हाल कायम चुक्ता पुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार ४५३ रुपैयाँको ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ३.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । दुवै बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP