सोमबार , माघ ७, २०८१
काठमाडौंको ट्राफिक व्यवस्थापनमा महानगर प्रहरीको सहयोग – Deurali Khabar

काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी परिचालन सुरु गरेको छ ।  सवारी साधनको चाप धेरै हुने ठाउँमा बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको नगर प्रहरी बलका एसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।

बुधबारबाट कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी र कलंकीलगायत ठाउँको ट्राफिक व्यवस्थापनमा नगर प्रहरी खटिएका छन् ।  उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागी उपत्यका बाहिर ट्राफिक प्रहरीलाई खटाएको छ । जनशक्ति अभाव भएपछि काठमाडौं उपत्यकामा जाम बढेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP