मंगलबार , फागुण ६, २०८१
मंसिर १५ मा एमाले नेतृत्वको बहुमत सरकार बन्छ: केपी ओली – Deurali Khabar

काठमाडौं:  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेको बहुमत आउने र मंसिर १५ सम्ममा एमालेको नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् ।

भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले निर्वाचनमा एमालेको बहुमत आउने र मंसिर १५ गतेसम्ममा सरकारको नेतृत्व गर्ने बताए ।

एमालेको सरकार बनेपछि सहकार्य गरेका दललाई समेत सरकारमा ल्याउने ओलीको भनाइ छ ।

ओलीले एमालेको बहुमत आउने देखेर नै विभिन्न शक्तिहरु एमालेविरुद्धमा लागेको टिप्पणी गरे ।

युवालाई भड्काउने र राजनीतिक दिशाविमुख गर्ने काम भएपनि जनताले सचेत भएर मतदान गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP