
४ मंसिर, काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ मा किरियापुत्रीले मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।
आमाको किरिया बसेका चुर्णप्रसाद श्रेष्ठ, कमल श्रेष्ठ, मानबहादुर श्रेष्ठ, पूर्णप्रसाद श्रेष्ठले मतदान गरेका हुन् । उनीहरुले कालिकादेवि मावि मतदान केन्द्रमा पुगि भोट दिएका छन् ।



आमाको मृत्यको शोकमा उनीहरु ३ दिनदेखि किरिया बसेका छन् ।
स्पष्ट भिजन र मिसन भएको नेतृत्वलाई जिताउनका लागि आफूहरु दुखको घडीमा पनि मतदान गर्न आएको उनीहरुले बताए । कमल श्रेष्ठले भने, ‘सही नेतृत्व चयन गर्नका लागि हामी दुखको घडीमा पनि मतदान गर्न आएका हौं ।’