सिन्धुपाल्चोकमा किरियापुत्रीले गरे मतदान – Deurali Khabar

४ मंसिर, काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ मा किरियापुत्रीले मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

आमाको किरिया बसेका चुर्णप्रसाद श्रेष्ठ, कमल श्रेष्ठ, मानबहादुर श्रेष्ठ, पूर्णप्रसाद श्रेष्ठले मतदान गरेका हुन् । उनीहरुले कालिकादेवि मावि मतदान केन्द्रमा पुगि भोट दिएका छन् ।

आमाको मृत्यको शोकमा उनीहरु ३ दिनदेखि किरिया बसेका छन् ।

स्पष्ट भिजन र मिसन भएको नेतृत्वलाई जिताउनका लागि आफूहरु दुखको घडीमा पनि मतदान गर्न आएको उनीहरुले बताए । कमल श्रेष्ठले भने, ‘सही नेतृत्व चयन गर्नका लागि हामी दुखको घडीमा पनि मतदान गर्न आएका हौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP