शुक्रबार , भाद्र १९, २०८३
कतार विश्वकप नेपालमा मोबाइलबाट हेर्न मिल्दैन – Deurali Khabar

४ मंसिर, काठमाडौं । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप कतारमा आज (आइतबार)देखि सुरु हुँदैछ ।

विश्वभरबाट छानिएका ३२ देशका टोलीहरुले विश्वभर फुटबलमय बनाउनेछन् । कतारमा प्रत्यक्ष फुटबल हेर्न नपाउने दर्शकहरुले टेलिभिजन प्रत्यक्ष प्रशारणमार्फक फुटबलको आनन्द उठाउनेछन् ।

विश्वका आधाभन्दा बढी अर्थात ५ अर्ब मानिसले कतार विश्वकपको प्रत्यक्ष प्रशारण हेर्ने अनुमान गरिएको छ ।

नेपालमा हिमालय प्रिमियर एचडी टेलिभिजनले विश्वकपको प्रत्यक्ष प्रशारण अधिकार पाएको छ । यो च्यानल आइतबारदेखि नै औपचारिक प्रशारण सुरु भएको छ । आफ्नो घरको टेलिभिजन सेटमा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण गर्ने हिमालय प्रिमियर च्यानल खुल्न ५ सय रुपैयाँ (करबाहेक) तिर्नुपर्ने हुन्छ ।

नेपालमा मोबाइल वा अन्य डिभिजन माध्यमबाट फुटबलको प्रत्यक्ष प्रशारण हेर्न नपाइने भएको छ । नेपालमा प्रशारण अधिकार पाएको मिडिया हबले टेलिभिजनबाट मात्र हेर्न पाइने बताएको छ ।

‘हामीसँग टेलिभिजन, रेडियोलगायत सबै डिभिजन माध्यमबाट प्रशारण गर्न पाउने अधिकारप्राप्त लाइसेन्स छ,’ मिडिया हबका अध्यक्ष सोम धितालले भनेका छन्, ‘तर, विविध कारणले हामीले मोबाइल वा अन्य माध्यमबाट प्रत्यक्ष प्रशारण हुने गरी कसैलाई पछि अधिकार बेचेका छैनौं ।’

उनले आम मोबाइल प्रयोगकर्ताबाट आएको गुनासोबारे जानकार भए पनि यस संस्करणमा त्यो सम्भावना कम रहेको प्रष्ट्याए ।

कतार विश्वकपको उद्घाटन खेलमा आज राती पाैने १० आयोजक कतार र दक्षिण अमेरिकी टोली इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ । कतारको अल बायट रंगशालामा यो खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग

स्याङ्जा सहयोग समाजको समन्वयमा बाढी प्रभावितका लागि २० लाख रुपैयाँ सहयोग


TOP