सोमबार , माघ ७, २०८१
चुनावले देशमा राष्ट्रियताको संरक्षण गर्छः कमल थापा – Deurali Khabar

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । अध्यक्ष थापाले हेटौंडा ६, चौघडास्थित वंशगोपाल मा.वि.मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका उनले मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यो निर्वाचन देशमा राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक समृद्धिको लक्ष्य हाँसिल गर्न कोशेढुंगा साबित हुने बताए । उनले निर्वाचनरुपी प्रजातान्त्रिक अभ्यासमा सहभागी हुँदा खुशी लागेको बताए ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन आज देशभर नै एकै चरणमा सम्पन्न हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP