चुनावले देशमा राष्ट्रियताको संरक्षण गर्छः कमल थापा – Deurali Khabar

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । अध्यक्ष थापाले हेटौंडा ६, चौघडास्थित वंशगोपाल मा.वि.मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका उनले मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यो निर्वाचन देशमा राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक समृद्धिको लक्ष्य हाँसिल गर्न कोशेढुंगा साबित हुने बताए । उनले निर्वाचनरुपी प्रजातान्त्रिक अभ्यासमा सहभागी हुँदा खुशी लागेको बताए ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन आज देशभर नै एकै चरणमा सम्पन्न हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP