राष्ट्रिय स्वतन्त्र पार्टीको टक्कर एमालेसँग – Deurali Khabar

५ मंसिर, काठमाडौं । सोमबार अपराह्नसम्म ६२ स्थानमा मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न ८ स्थानमा अग्रता लिएको छ । संयोग नै मान्नुपर्छ, ती सबै ठाउँमा उसका निकटतम प्रतिस्पर्धी अरु होइन, नेकपा एमालेका उम्मेदवार छन् ।

काठमाडौं-२ मा सोविता गौतमको प्रतिस्पर्धा एमाले उम्मेदवार मणिराम फूयालसँग छ । काठमाडौं–६ मा शिशिर खनालले एमाले उम्मेदवार सर्वेन्द्र खनालसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

काठमाडौं-७ मा गणेश पराजुलीले एमालेका श्याम कुमार घिमिरेसँग प्रतिस्पर्धा गरिरहेका छन् । ललितपुर-३ मा तोसिमा कार्कीपछि दोस्रो स्थानमा अमृत खड्का छन् । काठमाडौंका ४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले लिड गरिरहेको छ ।

काठमाडौं बाहिरका ४ निर्वाचन क्षेत्रमा पनि रास्वपाले लिड गरिरहेको छ, त्यहा पनि अरु दल होइन एमालेकै उम्मेदवारसँग उसको प्रतिस्पर्धा छ । झाप-४ मा शम्भुप्रसाद ढकाल पहिलो स्थानमा छन् भने उनीसँग एमालेका एलपी साँवाले प्रतिस्पर्धा गरिरहेका छन् ।

रुपन्देही–२ मा गणेश पौडेलले एमाले उपाध्यक्ष समेत रहेका विष्णु पौडेलसँग प्रतिस्पर्धा गरेका छन् । कास्की-२ मा माधव प्रसाद कँडेल र एमाले उम्मेदवार विद्या भण्डारी क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । कास्की–३ मा योगराज पौडेल पहिलो स्थानमा छन् भने दामोदर पौडेल बैरागी दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP