तारकेश्वरमा एक युवकको रहस्यमय मृत्यु, टिप्परको ठक्करपछि घाँटी थिचेर हत्याको आरोप – Deurali Khabar

काठमाडौंको तारकेश्वर नगरपालिका–३ स्थित तीनपिप्लेमा एक युवकको रहस्यमय मृत्यु भएको छ । २१ वर्षीय सविन फुयाँलको टिप्परको ठक्करबाट मृत्यु भएको भनिए पनि हत्या भएको परिवारले आरोप लगाएका छन् ।

फुयाँललाई मंसिर २५ मा राति बा ५ ख ६७७९ नम्बरको टिप्परले ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार फुयाँल टिप्परको ठक्‍करबाट घाइते भएपछि चालक र अन्य मानिसहरु मिलेर हत्या गरेको पीडित पक्षको आरोप छ । मृतकका दाजु नाता पर्ने जयराम घिमिरेले दुर्घटनापछि बालुवा लोड गर्न प्रयोग गरिने सावेलले घाँटी थिचेर फुयाँलको हत्या गरिएको दाबी गरेका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने–‘सावेलको प्रयोग गरेर घाँटीमा प्रेसर दिएर हत्या भएको छ ।’

हत्यारालाई पक्राउ र कारबाहीको माग गरेर सोमबार साँझ पीडित पक्षले तीनपिप्ले स्थित प्रहरी कार्यालयमा घेरा हालेका थिए । आक्रोशित समूहले प्रहरीको मोटरसाइकल तोडफोड गरेका छन् । प्रहरी वृत बालाजुले हत्यामा संलग्न आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिव बलामी र बिमल बलामी छन् । शिव बलामीले आफूलाई टिप्पर धनीले १५ लाख नगद दिने लोभ देखाएर हत्या स्विकार्न बाध्य बनाएको प्रहरीलाई बयान दिएका छन् ।

शिवको सो बयानपछि मंगलबार बिहान प्रहरीले बिमललाई पक्राउ गरेको हो । बिमल बलामी टिप्परका धनि हुन् । बिमलले नै टिप्पर चलाएको र घाइते बनाएपछि आसपासमा डिपोमा काम गर्नेहरुलाई समेत बोलाएर फुँयालको हत्या गरेको आरोप छ ।

तीनपिप्ले स्थित चिसापानीमा भएको सो घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले केही बताएको छैन । परिसरका प्रवक्ता (एसपी) दिनेश मैनालीलाई घटनाबारे बुझ्न खोज्दा उनि सम्पर्कमा आउन चाहेनन् । बालाजुका डिएसपी रविन विष्ट पनि सम्पर्कमा आउन चाहेका छैनन् ।

दुर्घटनापछि हत्या भएकोबारे अनुसन्धान गर्नुपर्नेमा प्रहरीले दुर्घटना मुद्दा चलाउने प्रयास गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP