ज्याकलिन र १५ भारतीय मिडियाविरुद्ध नोरा फतेहीले हालिन् मानहानीको मुद्दा – Deurali Khabar

काठमाडौं । ठगीको आरोप लागेका सुकेश चन्द्रशेखरसँग जोडिएको बलिउडको २०० करोड भारुको मुद्रा अपचलन (मनी लाउन्ड्रिङ) मुद्दामा नयाँ मोड आएको छ ।

ज्याकलिन फर्नान्डिज र नोरा फतेहीलाई यस मामिलामा धेरै पटक सोधपुछ भइसकेको छ । तर यो मनी लाउन्ड्रिङ प्रकरणले यी दुवै अभिनेत्रीलाई एकअर्काविरुद्ध उभ्याएको छ । नोरा फतेहीले ज्याकलिन र केही मिडिया कम्पनीविरुद्ध दिल्ली अदालतमा मानहानीको मुद्दा दायर गरेकी छन् ।

नोराले ज्याकलिनविरुद्ध २०० करोड भारुको मानहानीको मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नोराले सुकेश चन्द्रशेखरसँग संलग्न रहेको २०० करोड रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा आफ्नो नाम जबरजस्ती प्रयोग गरिएको आरोप लगाएकी छन् । नोराले ज्याकलिन र १५ मिडिया हाउसविरुद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन् । नोराले ज्याकलिन र मिडिया संस्थाहरु ‘एकअर्कासँग मिलेर काम गरिरहेको’ दाबी गरेकी छन् ।

नोराले वकिलमार्फत दायर गरेको निवेदनमा ‘उजुरीकर्ताको आर्थिक, सामाजिक र व्यक्तिगत चरित्र पतन गराउन षड्यन्त्र रचिएको र अभियुक्त नं. १ ले उक्त कारवाही गरेको’ बताएकी छन् ।

नोराले सुकेशसँग आफ्नो प्रत्यक्ष सम्पर्क भने नभएको बताइन् । उनले सुकेशकी श्रीमती लीना मारिया पलमार्फत सुकेशलाई चिनेको बताएकी छन् । नोराले सुकेश चन्द्रशेखरबाट उपहार लिएको पनि अस्वीकार गरेकी छन् । मिडिया ट्रायलका कारण आफ्नो इज्जतमा चोट पुगेको नोराको भनाइ छ ।

उल्लेखनीय कुरा के छ भने ज्याकलिन र नोरा मनी लान्ड्रिङ मुद्दामा ईडीको निशानामा छन् । ईडीले यस प्रकरणको अनुसन्धानका लागि दुवै अभिनेत्रीसँग पटकपटक सोधपुछ गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP