दुई जना कर्मचारीको विषयले निगमका ९०० यात्रुलाई दिनभर सास्ती – Deurali Khabar

२९ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमभित्रको बेथितीका कारण यात्रुले पटक-पटक सास्ती भोग्नुपरेको घटना नयाँ होइन । बुधबार र बिहीबार निगमको सेवा लिन पर्खेका ९०० यात्रुले पाएको सास्ती त पछिल्लो उदाहरण मात्र हो ।

निगममा कार्यरत १९० हाराहारी क्याबिन क्रुले (हवाई सेवा दिन आवश्यक कर्मचारी) बुधबारदेखि सुरु गरेको आन्दोलनका कारण बिहीबार निगमका तीनवटा उडान प्रभावित भयो । बिहीबार साँझ क्याबिन क्रुको समस्या अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै ‘क्याबिन क्रु’ काममा फर्किएका छन् । साथै क्याबिन क्रुको सेवा अवधिसमेत नवीकरण भएको छ ।

निगमकी प्रवक्ता अर्चना खड्काले बिहीबार प्रभावित उडानका यात्रुलाई सकेसम्म आजै गन्तब्यमा पुर्‍याइने बताइन् । बिहीबार साउदी अरेवियाको रियाद, भारतको नयाँ दिल्ली र बैङ्लोरमा उडान तोकिएको थियो । यी उडानबाट सम्बन्धित गन्तव्यमा जाने र त्यहाँबाट नेपाल फर्कने यात्रुको संख्या करीव ९ सय हाराहारी रहेको खड्काले बताइन् ।

निगमको विमानस्थल काउण्टरमा खटिने कर्मचारीहरुका अनुसार बुधबार पनि दुईवटा उडान डिले भएको थियो । बिहीबार पनि सयौं यात्रुले निर्धारित समयमा उड्न पाएनन् । समयमा गन्तब्यमा नपुग्दा यात्रुको ट्रान्जिट उडान छुट्नेदेखि यात्राको तालिका नै प्रभावित हुने गर्छ । बिहीबार निगमको आन्तरिकतर्फ पनि ५ वटा उडानहरु प्रभावित भए । ताप्लेजुङमा दुई र फाप्लु, दाङ तथा भोजपुरमा निर्धारित एक उडान बिहीबार रद्द हुन पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP