भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँछु : पशुपति समशेर जबरा – Deurali Khabar

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने बताएका छन् । आइतवार समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिनिधि सभा सदस्य राणाले संसदमा भ्रष्टाचार र घुसखोरीका विरुद्धमा आवाज उठाउने बताएका हुन् ।

उनले संसदमा आफूहरुको राष्ट्रवादी भूमिका हुने उल्लेख गरे ।   उनले देशलाई अरुले धेरै तल झारेको भन्दै आफूहरुले संसदबाट नेपाल र नेपाली जनतालाई माथि पु¥याउने बताए । त्यस्तै नेकपा (एमाले) को तर्फबाट बागमती प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य डा. दिनेश देवकोटाले प्रदेशलाई सबलीकरण गर्नका लागि आफूले भूमिका खेल्ने बताए । उनले भुँइका मानिसहरुलाई माथि उठाउने गरी काम गर्ने बताए ।

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रदेश सभा सदस्य देवकोटाले सरकारले पछिल्लो पटक अध्यादेश ल्याएर लोकतन्त्रलाई उपहास गर्न खोजेको बताए । जनता समाजवादी पार्टीको तर्फबाट मधेस प्रदेशमा निर्वाचित प्रदेश सभा सदस्य मनिष सुमनले संघीयता र प्रादेशिक व्यवस्थालाई थप बलियो बनाउन लाग्ने बताए । उनले कुनैपनि वर्ग, जाती, क्षेत्र र लिङ्गको आधारमा हुने विभेदको अन्त्य गराउन लागिपर्ने बताए ।
उनले देशमा हुने सबै प्रकारको समस्या समाधानका लागि आफूहरु लागिपर्ने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP