संसदीय दलको नेता चयन गर्न लोसपाको बैठक बस्दै – Deurali Khabar

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले संसदीय दलको नेता चयन गर्नेलागयतका विषयमा छलफल गर्न आज नवनिर्वाचित संसदको भेला बोलाएको छ । बबरमहलमा बोलाइएको सो भेलामा प्रतिनिधि सभाका लागि संसदीय दलको नेता चयनको विषयमा छलफल हुने बताइएको छ । लोसपाले मधेश प्रदेशको प्रदेश सभा संसदीय दलको नेताको विषयमा पनि छलफल गर्ने बताइएको छ ।

प्रतिनिधि सभामा लोसपाले चार जना सांसद जितेका छन् । महोत्तरी–३ बाट महन्थ ठाकुर, महोत्तरी–२ बाट शरतसिंह भण्डारी, रुपन्देही–४ बाट सर्वेन्द्रनाथ शुक्ला र सर्लाही–१ बाट रामप्रकाश चौधरी जितेका छन् ।

यसमध्ये संसदीय दलको नेता महन्थ ठाकुर हुने लगभग निश्चित छ । प्रमुख सचेतक कसलाई बनाउने त्यस बारेमा छलफल हुने बताइएको छ ।

मधेस प्रदेशमा संसदीय दलको नेता लोसपाका कार्यकारिणी सदस्य एवं लोसपा मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनललाई बनाउने लगभग निश्चित छ । यद्यपि त्यहाँबाट अन्य नेताहरूको पनि नाम आइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP